सिवाइसी अत्तरियालाई धनगढी प्रिमियर लिगको उपाधि

89

छिनछिन खबर
धनगढी– धनगढी प्रिमियर लिगको उपाधि सिवाइसी अत्तरियाले हात पारेको छ । सन्नी पटेलले आक्रामक ब्याटिङले सिवाइसी अत्तरियालाई उपाधि दिलाएको हो । शनिवार फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर युनाइटेड र अत्तरियाबीच फाइनल खेल भयो । उपाधि जित्ने क्रममा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य एक बल बाँकी रहँदै पुरा ग¥यो ।


अत्तरियाका लागि सन्नी पटेलले २६ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा नटबउट ४७ रन बनाए । प्रतियोगिताअघि सबैभन्दा कमजोर आँकिएको अत्तरियाले प्रतियोगिताभर खेलेका सबै खेलमा एक रुपताको प्रदर्शन गर्दै उपाधिसँगै ३० लाख नगद पुरस्कार समेत जितेको छ ।

Womui
Womui