ललितपुर बम विस्फोटमा घाइतेमध्ये एकको मृत्यु

41

छिनछिन खबर
काठमाडौं– ललितपुरस्थित एनसेलको गेट नजिक भएको बम परेर गम्भीर घाइते भएकामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेडिसिटी अस्पतालमा उपचाररत सिंहप्रसाद गुरुङ छन् ।

उनको उपचारकै क्रममा बिहानीपख ज्यान गएको हो । बिस्फोटमा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा प्रतीक्षा शेर्मा र आरुशा मानन्धर छन् । उनीहरुको उपचार भइरहेको छ । बम बिस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुल्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द धानुकले बताए । त्यस्तै कास्कीको पोखरामा पनि एनसेलको टावरमा आगजनी भएको छ भने बाग्लुङमा पनि एनसेलको टावरलाई लक्षित गरेर बिस्फोट भएको छ । देशका विभिन्न ठाउँमा एकै पटक बम बिस्फोट भएपछि सुरक्षा थ्रेट बढेको बताइन्छ ।

Womui
Womui