जादुमय अभिनय र सुन्दरताले दुनियाँलाई मोहित पार्ने यी अभिनेत्रीहरूको शैक्षिक योग्यता कति ?

159

एजेन्सी
काठमाडौं– अभिनय कला र सुन्दरताबाट दुनियाँलाई मोहित पार्ने बलिउड अभिनेत्रीहरूको रिलदेखि रियल लाइफमा धेरै चर्चा हुने गरेको छ । आफ्नो जादुमय अभिनय र सुन्दरताले दुनियाँलाई मोहित पार्ने गरेका छन् । यसरी मोहित पार्ने अभिनेत्रीको सूचिमा पहिलो नम्बरमा दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, काजोल र करिष्मा कपुर आउने गरेका छन् । मानसिकरुपमा पनि निकै सक्रिय देखिने यी अभिनेत्रीहरुको शैक्षिक योग्यता कति होला ? धेरैलाई चासोको बिषय हो ।

भारतमा मात्र नभई विश्व सुन्दरी ऐश्वर्या राय बच्चनका विश्वभर फ्यान छन् । उनको सुन्दरतामा दुनियाँ मोहित छ । तर उनको शैक्षिक योग्यता भने निकै कम रहेको उनले स्वीकार गरेकी छिन् । ऐश्वर्याले १२ कक्षामा पनि पास गरेकी छैनन् । सानो उम्मेरमै कला क्षेत्रमा लागेका कारण आफुले पढ्न नपाएको बताएकी छिन् ।
भर्खरै विवाह बन्धनमा बाँधिएकी दीपिका पादुकोणको शैक्षिक योग्यता कति होला ? यो पनि चासोको बिषय हो । उनी पनि १२ कक्षा पास गर्न नसकेकी सफल अभिनेत्री हुन् । बिद्यालयमा फेल दीपिका अभिनय क्षेत्रमा भने उत्कृष्ट बनेकी छिन् । मानसिक रुपमा पनि उनी निकै परिपक्क छन् ।


बलिउड क्षेत्रमा कुनै समय एकछत्र राज गरेकी करिष्मा कपुर अन्य अभिनेत्री भन्दा कम बिद्यालय जानेमा पर्छन् । परिवार नै फिल्म क्षेत्रमा भएका कारण उनले पढाइभन्दा अभिनय र सुन्दरतामा बढी ध्यान दिएकी थिइन् । जसका कारण उनी ५ कक्षासम्म मात्र पढ्न पाएकी थिइन् । करिष्माकै समयमा निकै चर्चित काजोलले पनि दुनियाँलाई मोहित बनाइन् । तर उनको शैक्षिक योग्याता पनि १२ कक्षामै सीमित रह्यो । उनले पनि पढ्ने कुरामा खास ध्यान दिन सकिनन् ।

Womui
Womui