खजुरा गाउँपालिकाको केन्द्र बी गाउँ

143

छिनछिन खबर
नेपालगन्ज– खजुरा गाउँपालिकाले बी गाउँलाई केन्द्र तोकेको छ । चौथो गाउँसभाले केन्द्रको टुंगो लगाएको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको गाउँपालिकाको चौथो सभामा मतविभाजन प्रक्रियाबाट केन्द्रको टुंगो लगाइएको हो । वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा केन्द्र राख्ने निर्णय दुई तिहाई सदस्यले पारित गरेका हुन् । गत माघ १५ गतेदेखि सुरु भएको चौथो गाउँसभामा केन्द्रको विषयमा विवाद आएपछि वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा वडाध्यक्षहरु सहभागी रहेको कार्यदल बनाइएको थियो ।


फागुन १ गतेसम्म बैठक स्थगित भएकोमा कार्यदलले पुनः समय माग गर्दै कार्यदलमा राजनीतिक सहल्लाहकार भीम ओली, कानुनी सल्लाहकार विकास आचार्य र विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायलाई थप गरेपछि कार्यदलले बैठककमा प्रतिवेदन प्रस्तुत गरेको थियो ।

वडा नं. २ का वडाध्यक्ष देवीलाल शर्माले बी गाउँमा केन्द्र तोक्ने प्रस्ताव, वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले यथास्थानमा र वडा नं. ५ र ८ का वडाध्यक्ष क्रमश ः देवेन्द्रमान श्रेष्ठ र फिरोज खानले क गाउँमा केन्द्र तोक्ने विषय अघि सारेपछि मतविभाजन प्रक्रियाबाट टुंग्याइएको थियो ।

उपप्रमुख एकमाया विकले सभामा खजुरा गाउँपालिकाको केन्द्र बी गाउँमा तोक्नका लागि हुन्छ भन्नेले हुन्छ र हुन्न भन्नेले हुन्न भनेर मत विभाजन गराएपछि दुई तिहाई सदस्य हुन्छ भन्ने पक्षमा देखिएपछि बी गाउँको टुंगो लागेको थियो ।

चौथो गाउँसभाले वडा नं. ४ मा फुटबल मैदान र क गाउँमा इलाका प्रशासन राख्ने गरी निर्णय गरेको छ । सभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले नयाँ केन्द्रमा भवन निर्माणका लागि १ करोड रुपैयाँ छुट्याउन राखेको प्रस्ताव पनि सभाले पारित ग¥यो ।

Womui
Womui