साना बैंकप्रति राष्ट्र बैंकको कडिकडाउ, कल डिपोजिट १० प्रतिशतमा झार्नुपर्ने

100

छिनछिन खबर
काठमाडौं– नेपाल राष्ट्र बैंक साना बैंकरूप्रति थप कडा भएको छ । विगतदेखि नै साना बैंकलाई मर्जरमा जान प्रोत्साहन गरेको राष्ट्र बैंकले अपेक्षित नतिजा प्राप्त नगरेपछि नीतिमार्फत साना बैंकलाई कडाइ गर्न खोजेको देखिएको छ ।

केही दिनअघि राष्ट्र बैंकले गरेको निर्णय अनुसार अब वाणिज्य बैंकहरुले आफ्नो निक्षेपमा कल डिपोजिटको हिस्सा १० प्रतिशतमा झार्नु पर्नेछ । हाल कल डिपोजिटको हिस्सा २५ प्रतिशत छ । आउँदो असारसम्म कल डिपोजिटलाई १५ र पुस मसान्तसम्म १० प्रतिशतमा झार्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले निक्षेपलाई प्रोत्साहन गर्नको लागि कल डिपोजिटमा सीमा तोकिएको बताए ।

राष्ट्र बैंकले मध्यावधि समीक्षामार्फत कल डिपोजिटमा १० प्रतिशतको सीमा तोकेको थियो । २८ वटा वाणिज्य बैंकमा पुस मसान्तसम्मको तथ्यांक अनुसार प्राइम बैंकको कल डिपोजिटमा सबैभन्दा बढी हिस्सा छ । १४ बैंकको १० प्रतिशतभन्दा बढी निक्षेप कलमा रहेको छ । उनले बैंकले कर्जाको ब्याजमा विभिन्न शुल्क लिने गरेको भन्दै यसलाई घटाउने तर्फ राष्ट्र बैंक लागेको जानकारी दिए ।

यसले नेपाल सुरक्षित भएको भन्दै अहिलेको अर्थ व्यवस्था मिश्रित रहेको टिप्पणी उनको छ । कार्यक्रममा उनले वाणिज्य बैंकको शाखा ७०४ स्थानमा पुगेको जानकारी गराउँदै चैतभित्र सबै स्थानीय तहमा शाखा पुग्ने जानकारी दिए । अबको समयमा जलविद्युत क्षेत्र लगायत उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन उनले जोड दिए । उनले ऋणयोग्य रकमको अभाव हुन नदिनको लागि ब्याजदर घटाउन पहल गरेको बताए ।

अहिले बैंकहरुले एक वर्षे मुद्दतिमा निक्षेप लिने र लामो समयको लागि ऋण दिँदा समस्या भएको भन्दै ऋणपत्र जारी गर्न बैंकहरुलाई प्रोत्साहत गर्ने नीति लिएको बताए । यसले लगानीयोग्य रकमको अभाव समस्या नहुने उनको भनाइ छ ।

Womui
Womui