त्रिविका सहायक डीन बबालाल साहमाथी कालोमोसो, यौन दुर्व्यवहारको आरोप

135

छिनछिन खबर
काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बबालाल साहलाई विद्यार्थीले कालो मोसो दलेका छन् । साहले छात्रामाथी यौन दुर्व्यवहार गरेको भन्दै बिद्यार्थीले कालोमोसो दलका हुन् ।


एक छात्रालाई बारम्वार यौन दुब्र्यवहार गरेको भेटिएपछि नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीका कार्यकर्ताले बुधबार उनकै कार्यकक्षमा कालोमोसो दलेका हुन् । छात्राले आफूमाथि यौन दुब्र्यबहार भएको बताएपछि विद्यार्थीहरु आक्रोशित हुँदै साहको कार्यकक्षमा पुगेका थिए । विवाद बढ्दै गएपछि उनलाई कालोमासो दलिएको हो ।

केही दिनअघि साहले छात्रालाई संवेदनशील अंगमा छोएर हातपात समेत गरेको विद्यार्थीको आरोप छ । साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीले आरोप लगाए । ती छात्राले शिक्षा संकायको डिन कार्यालयमा उजुरी समेत दिएकी छिन् ।

Womui
Womui