नेपालगन्जमा राप्रपाको बृहत प्रर्दशन, २२ बुँदे ज्ञापन पत्र बुझाइयो -( फोटो फिचर )

83

नेपालगन्ज, फागुन ७-
हिन्दु राष्ट्र घोषणा र राजसंस्था पुर्नस्थापना लगायत माग राख्दै कमल थापा समुहको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार नेपालगन्जमा बृहत प्रर्दशन गरेको छ । राप्रपाको पार्टी कार्यालय बिद्युत प्राधिकरण नजिकबाट सुरु भएको प्रर्दशन चारबाहिनी चोक, भेरी अञ्चल अस्पताल हुदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेर समापन भएको थियो । सो क्रममा राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन पत्र हस्तान्तरण गरे । प्रमुख जिल्ला अधिकारी भुजेललाई बुझाइएको ज्ञापन पत्रमा २२ बुँदे संघर्षका कार्य समेटिएको छ । फागुन मसान्त सम्म आफ्ना माग पुरा नभए पुनः संघर्षका कार्यक्रम गर्ने केन्द्रिय सदस्य ऋषिराज देवकोटाले बताए ।

प्रर्दशनका क्रममा राप्रपाका केन्द्रिय नेता एवम् नेपालगन्ज नगर प्रमुख डा. धवलशम्शेर राणा, केन्द्रिय सदस्यहरु ऋषिराज देवकोटा, तेजनारायण कँडेल, हिक्मतबहादुर ढकाल, राजेन्द्रबीर राय र टोपबहादुर शाही, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेपालगन्ज उपमहानगर अध्यक्ष मनोज श्रेष्ठ, कोहलपुर नगर अध्यक्ष कपिल शाह, राप्रपा निकट महिला संगठनको केन्द्रिय सचिव बिन्दु चर्तिमगर, युवक संगठन बाँकेका अध्यक्ष हुकुम केसी लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । प्रर्दशनका क्रममा करिव ३ सय जना सहभागी भएको केन्द्रिय सदस्य तेजनारायण कँडेलले जानकारी दिए ।

Womui
Womui