राप्तीसोनारीको चौथो गाउँसभाबाट १८ वटा विधेयक पारित

62

बाँके (अगैया), फागुन ६-
राप्तीसोनारी गाउँपालिकाको चौथो गाउँसभाले विभिन्न निर्णय पारित गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न सभाले सोमबार संशोधित बजेट तथा कार्यक्रम र संशोधित विनियोजन विधेयक पारित गरेको हो । गाउँ सभाले वडास्तरमा विनियोजन गरिएको बजेट तथा कार्यक्रमलाई संशोधन गरेको छ ।

यसैगरी गाउँपालिकाले निर्माण गरेका १८ वटा विधेयक पनि सभाले पारित गरेको सूचना अधिकारी दिलाराम रानाले जानकारी दिए । कुल १८ मध्ये ३ वटा विधेयक संशोधनसहित पारित भएका छन् । गाउँपालिकाले तयार गरेको दैवी प्रकोप विपद ब्यवस्थापन कोष सञ्चालन निर्देशिका, फोहोरमैला ब्यवस्थापन कार्यविधी, वातावरण संरक्षण सम्बन्धी कार्यविधी, कर्मचारी आचार संहिता कार्यविधी, मठ मन्दिर सञ्चालन कार्यविधी, टोल विकास संस्था गठन कार्यविधी, वडा सञ्चालन कार्यविधी, मर्मत सम्भार कार्यविधी लगायत कानुनलाई सभाले पारित गरेको सूचना अधिकारी रानाले बताए । सोमबार बिहान ११ बजे कार्यसूची टाँसेर सञ्चालन भएको उक्त सभा करिव ३ घण्टा सम्म चलेको थियो ।

Womui
Womui