आगलागीमा परी ६ वर्षीय बालकको मृत्यु

143

छिनछिन खबर
तेह्रथुम,फागुन ६ । तेह्रथुम जिल्ला आठराई गाउँपालिका–३ ह्वाकुमा आइतबार दिउँसो आगलागी हुँदा एक बालकको ज्यान गएको छ।

स्थानीय रूद्र खातीका घरमा आगलागी हुदाँ खातीका ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ।आगलागीबाट करिब ६ लाख ८० हजारको क्षति भएको छ।घर नजिकैको पराल राखिएको मतानमा बच्चा खेल्ने क्रममा लाईटर सल्काएको र आगलागी हुँदा घरसमेत जलेको प्रहरीले जानकारी दिएको छ।

Womui
Womui