न्यायका लागि गंगामाया अधिकारी अन्तर्राष्ट्रिय अदालत गुहार्दै, राहदानी तयार

147

छिनछिन खबर
काठमाडौं– माओवादी युद्धकालमा छोरा गुमाएकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने तयारी गरेकी छन् । विदेश जानका लागि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट राहदानी लिएर उड्ने अन्तिम तयारी गरेको बताइएको छ ।


गंगामायाको अन्तर्राष्ट्रिय अदालत गुहार्ने तयारीले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालिन न्यायमाथि षड्यन्त्र सूरु भएको कतिपयको भनाइ छ । गंगामायाको संयुक्त राष्टसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय न्यायलयमा पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध किटानी दिने तयारी छ । उनले निर्दाेष छोरालाई युद्धका नाममा हत्या गरिएको र हत्यारालाई कारवाहीका माग गर्दै पति नन्दप्रसाद अधिकारीसँगै लामो आमरण अनसन बसेकी थिइन् । सरकारले हत्यारालाई कारवाही नगरेको जनाउँदै अन्तर्राष्ट्रिय समुदाय गुहार्न राहदानी बनाउनु परेको बताउएकी छिन् ।

नेकपा अध्यक्ष दाहालविरुद्ध लामो फेरिस्त तयार गरिएको छ । गंगामायाका छोरा कृष्णप्रसादको २४ जेठ २०६१ मा चितवन रत्ननगरमा आफन्त भेट्न गएका बेला तत्कालीन माओवादीले हत्या गरेका थिए । जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिने फैसला गरेलगतै नन्दप्रसाद र गंगामायाले अनसन थालेका थिए ।

Womui
Womui