तीन हजार रुपैयाँ घुससहित मालपोतका सुब्बा र कम्प्युटर अपरेटर पक्राउ

198

छिनछिन खबर
वीरगञ्‍ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहलाई घुस रकम सहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग मोही जग्गाको बाँडफाँड गरी श्रेस्ता कायम गराइदिने भनी घुस रकम लिइरहेको बेला आयोगको टोलीले पक्राउ गरेको हो । आयोगमा परेको उजुरीको आधारमा इटहरीबाट खटिएको टोलीले उनीहरुलाई ३ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

घुस रकमसहित कार्यालय परिसरबाटै उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको दंगालले बताए ।

Womui
Womui