गंगामायाले राहदानी लिएपछि नेताहरू त्रसित

77

छिनछिन खबर
काठमाडौं । द्वन्द्व पीडित गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने भन्दै राहदानी लिएपछि सत्तारुढ र प्रतिपक्ष दलका नेताहरु त्रसित भएका छन् ।

गंगामायाले आइतबार काठमाडौं जिल्ला प्रशासनबाट राहदानी लिएकी थिइन् । गंगामायाले राहदानी लिएपछि प्रमुख सत्तारुढ दल नेकपाका दुई अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिसहित दुई प्रमुख नेता राष्ट्रपति कार्यालय शीतल निवासमा पुगे । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएकी हुन् । राष्ट्रपतिको निमन्त्रणापछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बिजयकुमार गच्छदार शीतल निवास पुगेका थिए ।

नेताहरुको छलफलको मुख्य विषय संक्रमणकालीन न्याय र गंगामायाको लिएको राहदानीबारे थियो । संक्रमणकालीन न्यायलाई लिएर नेपालको शान्ति प्रक्रिया खलबल्याउन खोजेको आशंका गर्दै चार नेता शीतल निवासमा जम्मा भएका थिए । राष्ट्रपति, प्रधानमन्त्री र देउवाको सचिवालयले पछिल्लो घटनाक्रमलाई लिएर छलफलका भएको पुष्टी गरेपनि छलफलको बिषय भने गोप्य राखेका छन् । तर छलफलमा नेपालको शान्ति प्रक्रियालाई अन्तिम निस्कर्षम पुग्न नदिन केही पश्चिमा राष्ट्रहरु लागि परेको निस्कर्ष निकालिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संक्रमण कालिन न्यायलाई लिएर देशी विदेशी केही तत्वहरु चलखेलमा जुटेपछि राष्ट्रपतिले दुई दलका शीर्ष चार नेतालाई शीतल निवास बोलाएकी हुन् ।

गंगामायालाई हतियार बनाएर केही तत्वहरुले नेपाललाई फेरि अशान्तितिर धकेल्न खाजेको नेताहरुले निस्कर्ष निकालेका छन् । केही समयअघि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसँग गंगामायाको भेट भएको थियो ।

Womui
Womui