पशुपति शर्माको गीत जस्ताको तस्तै राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

112

छिनछिन खबर
काठमाडौं– राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पुशपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतलाई जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरेको छ । आइतबार बसेको प्रतिष्ठानको बैठकले सरकारको निर्देशनमा हटाइएको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको छ ।

प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका लोक गायक शर्माले यूट्यूबबाट गीत हटाउनुको कारणबारे जानकारी गराएका थिए । ‘राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुरा आएर आत्तिएर युट्युबबाट हटाएको भन्नुभयो’ प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने । शर्माले गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको जानकारी गराएका थिए ।

‘म कुनै पार्टी्सित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । विवाद आउला भन्ने अनुमान पनि भएन ।’

Womui
Womui