नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

27

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । लगानीमैत्री वातावरण बनेको भन्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीको लागि सुरक्षा र नाफा दुवै रहेको पनि स्पष्ट पारे । आइतबार कान्तिपुर मिडिया गु्रपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ को उद्घाटन गर्दै उनले वैदेशिक लगानीलाई नेपालमा स्वागत गर्ने बताए ।

सूर्य नेपाल, डावर नेपाल लगायतका कम्पनी सानो लगानी गरेर फैलिएकोतर्फ पनि उनले वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराए । ओलीले नेपालमा विकास, निर्माणको कामलाई अघि बढाउन सरकारले सुशासनको उपयुक्त वातावरण बनाएको दावी गरे ।

Womui
Womui