‘नेपाली खानालाई प्राथमिकतामा राखेका छौं’ : सञ्चालक

42

‘खनाल कम्प्लेक्स होटल प्रा.लि’ को प्राथमिकता

नेपालगन्ज, फागुन ५–
खनाल कम्प्लेक्स होटल प्रा.लि.’ ले नेपाली खानालाई प्राथमिकतामा राखेको जनाएको छ । नेपालगन्ज–२ स्थित सुर्खेतरोडमा उक्त होटलले शनिबारबाट सेवा सुचारु गरेको हो । होटलका तर्फबाट आइतबार आयोजित पत्रकार भेटघाटमा सञ्चालक पक्षले नेपाली खानालाई विशेष प्राथमिकतामा राखिएको र विदेशी पाहुनालाई आर्कषित गरिने बताएको हो । होटलका प्रबन्ध निर्देशक दिवाकर खनालले स्तरिय सेवा र नेपाली खाना प्रवद्र्धनका लागि होटल खोलिएको बताए । उनले भने, ‘अहिलेसम्म जति होटल खुलेका छन्, तिनीहरुले विदेशी खानाका आइटम मात्र खुवाउँछन्, तर हामीले स्पेशल नेपाली खानाको स्वाद चखाउनेछौं ।’

होटलको नवनिर्मित भवन आधुनिक प्रविधीबाट बनाइएको खनालले बताए । आफुसँग अनुभवी र दक्ष जनशक्ति भएको हुँदा अन्य होटलको भन्दा फरक खालको सेवा दिन सक्ने जिकिर गरे । बिद्युत खापत कम गर्न सोलार प्रविधी जडान गरिएको जानकारी दिए । होटलले शनिबारबाट औपचारिक रुपमा सेवा दिन सुरु गरिसकेको छ । होटलका जनरल म्यानेजर डिबी क्षेत्रीले चारतारे होटल सरहको सेवा, सुविधा आफुहरुले दिने बताए । उनले भने, ‘हामीसँग अहिले दुई हजार रूपैयाँदेखी १५ हजार रूपैयाँ सम्मका रुम रहेका छन् ।’

उनका अनुसार होटलमा ४० वटा लक्जरी रुम, ५ वटा स्वीट रुम, साढे ३ सय जना अट्न सक्ने सभाहल, एउटा फ्यामिली रेटुष्रेन्ट, रेष्टुरेन्ट एण्ड बार, ३ वटा अन्य साना हल, ‘रुफटप’ रेस्टुरेन्ट, चौविसै घण्टा बिद्युत सेवा, अत्यधिक क्षमताको इन्टरनेट लगायत सुविधा उपलब्ध रहेको बताइएको छ । होटलले एक सय जना पाहुनालाई एकैपटक रुम सेवा दिन सक्ने जनाएको छ । यस्तै ६० जनालाई एकैपटक खाना खुवाउन सक्ने क्षमताको रेष्टुरेन्ट रहेको छ । निकट भविष्यमा होटलको छतमा स्वीमिङ पुल र भ्यु टावर बनाउने योजना रहेको प्रबन्ध निर्देशक खनालले सुनाए ।

Womui
Womui