नेपालगन्जमा स्तरिय होटल थपिदै, ‘खनाल कम्प्लेक्स’ होटलको सेवा सुरु

193

नेपालगन्ज, फागुन ४-
नेपालगन्जमा एकपछि अर्को गरेर ठुला लगानीका होटल खेल्न थालेका छन् । नेपालगन्ज उपमहानगरपालिको धम्बोझीस्थित सुर्खेतरोड र घरबारीटोलको बीचमा ‘खनाल कम्प्लेक्स होटल प्रा.लि’ स्थापना भएको छ । उक्त होटलले शनिबारबाट आफ्नो सेवा सुरु गरेको छ ।ब्यवसायी दिवाकर खनालको ३२ करोड बढी लगानीमा सञ्चालित उक्त होटलले ग्राहकलाई सुलभ, सस्तो र छिटो सेवा दिने प्रतिवद्धता जनाएको छ । होटलका जनरल म्यानेजर डिबी क्षेत्रीले चारतारे होटलले दिने सेवा, सुविधा आफुहरुले दिने बताए ।

उनले भने, ‘स्टार होटलको मान्यता नपाएपनि हामीले चारतारे होटलले दिने जति सेवा, सुविधा राखेका छौं ।’ होटलमा ४० वटा लक्जरी रुम, ५ वटा स्वीट रुम, साढे ३ सय जना अट्न सक्ने सभाहल, एउटा फ्यामिली रेटुष्रेन्ट, रेष्टुरेन्ट एण्ड बार, ३ वटा अन्य साना हल, ‘रुफटप’ रेस्टुरेन्ट, चौविसै घण्टा बिद्युत सेवा, अत्यधिक क्षमताको इन्टरनेट लगायत सुविधा रहेको बताइएको छ । होटलमा दुई हजार रूपैयाँदेखी १५ हजार रूपैयाँ सम्मका रुम रहेको क्षेत्रीले जानकारी दिए । खानाका मेनु पनि सस्तो र बजार सुहाउँदो रहेको उनले बताए ।

Womui
Womui