निर्मला हत्याकाण्डका दोषीलाई सरकारले पक्रिन सक्छ, तर चाहेनः देउवा

93

छिनछिन खबर
भक्तपुर,फागुन ४ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन्।

काङ्ग्रेस भक्तपुरले मध्यपुरथिमिको शंखधर चोकमा शुक्रबार आयोजना गरेको विरोधसभामा उनले सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताए।जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउँदै सभापति देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधीहरु गरिरहेको जिकिर गरे। ’देशमा हत्या, हिंसा, बलात्कारका घटना बढे पनि दोषीलाई कारबाही गर्न सरकारले सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो,’ उनले भने, ’चाहे निर्मला हत्या काण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन।’

Womui
Womui