अख्तियारको त्यो स्टिरकलाई गिज्याउँदै खुलेआम घुस !

114

छिनछिन खबर
भक्तपुर,फागुन ४ । जिल्ला प्रशानसन कार्यालय भक्तपुरको भित्ताभित्ता एउटा स्टिकर टाँसिएको छ, ‘राष्ट्रसेवक कर्मचारीले घुसररिसवत मागेमा १०७ फोन गर्नुहोला’ ।

सो स्टिकर नापी, भूमिसुधार, मालपोत, यातायात कार्यालय सबैतिर छ । तर त्यही स्टिरकलाई गिज्याउँदै सरकारी कर्मचारीले विभिन्न बहानामा घुुस माग्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।यतिसम्मकी सरकारी कार्यालयमा जडान भएका सीसीटीभीले दृश्य कैद गर्ने भएपछि कर्मचारीहरुले होटल र शौचालयमा गएरसमेत घुसको मोल मोलाई गर्ने गरेको सेवाग्राही बताउँछन् ।विहिवार दिउँसो जिल्ला प्रशासन भक्तपुरमा कार्यरत एक अधिकृत कैलाश मताछेँ श्रेष्ठ नजिकै रहेको होटलबाट सेवाग्राहीसंग घुस लिएको रकम सहित अख्तियारद्वारा पक्राउ गरे ।

‘करिब ८ वर्ष गृहमन्त्रलाय बसेका उनी हेर्दा जति सालिन देखिन्छन्, तर व्यवहार भने पैसा भनेपछि मरिहत्ते गर्ने थियो’ जिल्ला प्रशासनकै एक कर्मचारीले भने । नागरिता, पासपोर्ट शाखाको जिम्मेवारी भएकाले उनले जिल्ला प्रशासनमा परेको लेनदेनको विवाद मिलाई दिने बाचा गरेका थिए ।तर उनीविरुद्ध परेको उजुरीको आधारमा अख्तियारले उनलाई घुससहित नियन्त्रणमा लिएको हो । २५ हजार घुस लिएर होटलको शौचालय छिरेका श्रेष्ठलाई त्यहीँबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।श्रेष्ठ नेकपानिकट निजामती कर्मचारी संगठनको गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्षसमेत थिए ।

संविधान दिवसमा जनसेवाश्री
२०७५ असोज २ गते मनाइएको संविधान दिवसमा गृह मन्त्रालयमा कार्यरत उनै श्रेष्ठले प्रवल जनसेवाश्री चतुर्थ पदक राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट लिएका थिए । त्यसपछि उनी २०७५ कात्तिक १४ गते जिल्ला प्रशासन कार्यालयमा हाजिर भए । उनलाई हिरासतमा राखी थप छानबिन भइरहेको अख्तियारको भनाई छ ।

Womui
Womui