काश्मिर हमला सह्य हुँदैनः मोदी

108

एजेन्सी–जम्मू–कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ सुरक्षाकर्मीको निधन भएपछि यतिखेर भारत शोकमा छ । चरमपन्थी समूहले गरेको आक्रमणमा केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४६ सुरक्षाकर्मीको निधन भएको थियो । भारतमा सुरक्षाकर्मीमाथि भएको यो ठूलो आक्रमण हो । जम्मू–कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो ।

३०० किलोमिटरको राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण मानिन्छ । जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो । प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ । घटनापछि भारतले यसमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ र पाकिस्तानसँगको सबै सम्बन्ध तोड्ने बताएको छ । तर आक्रमणकारी भारतकै बासिन्दा रहेकाले आन्तरिक राजनीतिक व्यवस्था घटनाको जडको खोजी हुनु पर्नेमा आवाज उठाइएको छ ।

घटनापछि भारतले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशनको दर्ता फिर्ता लिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा प्रक्रिया दिँदै अब सुरक्षाकर्मीलाई कारवाहीका लागि पूरै अधिकार दिइने र पुलवामा आक्रमणका सबै दोषीले कारवाही भोग्ने बताएका छन् । मोदीले उक्त आक्रमण सह्य नहुने बताए ।


आक्रमणमा निधन भएका सबै जवानलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धी, गृह मन्त्री राजनाथ सिंह, रक्षामन्त्री निर्मला सीतारमण पालम हवाई अड्डा पुगे । यस्तै भारतीय सेनाका अध्यक्ष विपिन रावत, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि त्यहाँ पुगे । कांग्रेस अध्यक्ष राहुल गान्धीले आक्रमण हिन्दुस्तानको आत्मामा भएको बताए ।

Womui
Womui