यी हुन् ६४ गाउँपालिका, जहाँ अझै बैंक पुगेका छैनन् (सूचिसहित)

178

छिनछिन खबर
काठमाडौं– सरकारको नीति र राष्ट्र बैंकको निर्देशन अनुसार देशभरका सबै स्थानीय तहमा वाणिज्य बैंकहरु पुगिसक्नु पर्ने हो । तर, अझै पनि ३३ जिल्लाका ६४ स्थानीय तहमा बैंक पुगेका छैनन् । राष्ट्र बैंकले दिएको जानकारी अनुसार ७७ जिल्लामध्ये ३३ जिल्लाका ६४ स्थानमा बैंक नपुगेका हुन् ।


भौगोलिक बिकटताका कारण कतिपय गाउँपालिकामा चाहेर पनि बैंकले शाखा बिस्तार गर्न नसकिरहेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । ‘सबै स्थानीय तहमा बैंक पु¥याउने सरकारको नीति र राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले धमाधम स्थानीय तहमा शाखा विस्तार गरिरहेका छन्,’ ढुंगानाले भने, ‘कतिपय स्थानीय तह अति नै विकट ठाउँमा भएकाले र बैंक बस्न मिल्ने घरसमेत नभएकाले शाखा खोल्न कठिन भएको छ ।’ तर, ती स्थानीय तहमा पनि वाणिज्य बैंकहरु जाने उनले बताए ।

यी हुन् बैंक नपुगेका स्थानीय तह
पाँचथर तुम्बेवा गाउँपालिका
पाँचथर फालेलुङ गाउँपालिका
ताप्लेजुङ मेरिङ्देन गाउँपालिका
ताप्लेजुङ मिक्वाखोला गाउँपालिका
संखुवासभा सभापोखरी गाउँपालिका
संखुवासभा चिचिला गाउँपालिका
संखुवासभा भोटखोला गाउँपालिका
संखुवासभा सिलिचोङ गाउँपालिका
ओखलढुंगा सुनकोशी गाउँपालिका
ओखलढुंगा चिशंखुगढी गाउँपालिका
सोलुखुम्बु सोताङ गाउँपालिका
सोलुखुम्बु महाकुलुङ गाउँपालिका
सोलुखुम्बु दूधकोशी गाउँपालिका
उदयपुर सुनकोशी गाउँपालिका
उदयपुर ताप्ली गाउँपालिका
रौतहट राजपुर गाउँपालिका
सप्तरी बेल्ही चपेना गाउँपालिका
पर्सा कालिकामाई गाउँपालिका
मकवानपुर राक्सिराङ गाउँपालिका
सिन्धुली ध्याङलेख गाउँपालिका
सिन्धुली फिक्कल गाउँपालिका
काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका
धादिङ गंगाजमुना गाउँपालिका
धादिङ रुवि भ्याली गाउँपालिका
गोर्खा गण्डकी गाउँपालिका
गोर्खा धार्चे गाउँपालिका
मनाङ नार्फु गाउँपालिका
रोल्पा सुनछहरी गाउँपालिका
अर्घाखाँची मालारानी गाउँपालिका
डोल्पा काइके गाउँपालिका
डोल्पा शे–फोक्सुण्डो गाउँपालिका
डोल्पा डोल्पोवुद्ध गाउँपालिका
डोल्पा छर्का ताङसोङ गाउँपालिका
जाजरकोट कुशे गाउँपालिका
जाजरकोट जुनीचाँदे गाउँपालिका
जाजरकोट शिवालय गाउँपालिका
जाजरकोट बारकोटे गाउँपालिका
सल्यान कालिमाटी गाउँपालिका
मुगु मुगुमकार्मारोङ गाउँपालिका
जुम्ला पातारासी गाउँपालिका
दैलेख ठाँटीकाँध गाउँपालिका
दैलेख महाबु गाउँपालिका
कालिकोट नरहरीनाथ गाउँपालिका
कालिकोट कालिका गाउँपालिका
कालिकोट महाबै गाउँपालिका
हुम्ला खार्पुनाथ गाउँपालिका

Womui
Womui