महिला फुटबलमा नेपाल उपविजेता

34

छिनछिन खबर
काठमाडौं– भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेता भएको छ । भारतको उडिसामा भएको फाइनल खेलमा नेपाल म्यान्मारसँग ३–१ गोलले पराजित भएको हो । म्यानमारले खेलको ३५ औँ मिनेटमा पहिलो गोल गरेको हो ।

म्यानमारका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जली योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमारले थप दुई गोल ग¥यो । ५३ औँ मिनेटमा वीन तुन तथा ६३ औँ मिनेटमा पुनः यी यी ले गोल गरेकी हुन् ।

नेपाल र म्यानमार चार महिनायता तेस्रो पल्ट भिडेका हुन् । गत नोभेम्बरमा म्यानमाको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एसियाली छनोटको पहिलो चरणमा नेपालले म्यानमारविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । नेपाल हिरो गोल्डकप प्रतियोगिताको समूह चरणको खेलमा म्यान्मारसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

Womui
Womui