सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पको स्तरोन्नती

173

नेपालगन्ज, फागुन २-
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी बल नेपालको साविक सुरक्षा बेसको स्तरोन्नती भएको छ । उक्त बेसलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गंगापुरमा स्तरोन्नती गरिएको सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहले जानकारी दिए ।
स्तरोन्नती कार्यक्रममा बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर १ का सांसद महेश्वरजंग गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी, नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साह, बागेश्वरी गणका गणपति(एसपी) शाह, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक बीरेन्द्र विश्वकर्मा लगायत सहभागी भएका थिए ।

Womui
Womui