प्रदेश पाँचको स्थापना दिवस : पुर्व-पश्चिम राजमार्ग सरसफाई

162

नेपालगन्ज, फागुन २-
पाँच नम्बर प्रदेशको स्थापना दिवसको अवसर पारेर बाँकेमा बृहत सरसफाई गरिएको छ । पुर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बिहीबार सरसफाई गरिएको हो । नेपाली सेना पृतना हेडक्वाटर श्री नम्बर चारबाहिनी अड्डा श्रीमेहर गण बाँके राष्ट्रिय निकुञ्ज ओभरीको आयोजनामा बृहत सरसफाई गरिएको बताइएको छ । प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरसफाई कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्थानीय तह, बाँके राष्ट्रिय निकुञ्ज तथा स्थानीय बासिन्दासँगको सहकार्यमा सरसफाई गरिएको थियो । कार्यक्रममा मन्त्री केसीसहित बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेयर सन्जुकुमारी थारु, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, चार नम्बर बाहिनी राँझाका सहायक रथी निरक पौडेल, सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाह, प्रहरी उपरिक्षकद्धय अरुण पौडेल र बीरबहादुर ओली लगायतको उपस्थिती रहेको थियो । सरसफाई कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधी, सर्वसाधारण गरि करिव १६ सय जनाको सहभागिता रहेको बताइएको छ ।

Womui
Womui