बर्षा र हावाहुरीले खजुरा महोत्सवमा लाखौंको क्षति

155

नेपालगन्ज, फागुन २-
बर्षा र हावाहुरीका कारण बाँकेको खजुरामा सञ्चालित महोत्सवमा लाखौंको क्षति पुगेको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको संयुक्त आयोजनामा खजुरामा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधी, व्यापार एवम् पर्यटन महोत्सव-२०७५’ चलिरहेको छ ।

महोत्सवमा बिहीबार परेको बर्षा र हावाहुरीले लाखौंको क्षति पु¥याएको आयोजकको भनाई छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको संयुक्त आयोजनामा १० दिनका लागि सञ्चालन गरिएको उक्त महोत्सवमा दिउँसोदेखि चलेको हावाहुरी र बर्षाले स्टल, मञ्च, बाल उद्यान लगायतमा क्षति पु¥याएको बताइएको छ ।

बर्षा र हावाहुरीका कारण झण्डै करोड जतिको नोक्सान भएको सचिवालय समितिका संयोजक मधु खड्काले बताईन् । बिहीबार कलाकार प्रिती आलेले आफ्नो प्रस्तुती राख्दै गर्दा एक्कासी हावाहुरीसँगै आएको बर्षाले दर्शकलाई तितर वितर पारेको थियो । हावाहुरी र बर्षा नरोकिएपछि बिहीबारको साँस्कृतिक कार्यक्रमलाई स्थगित गरेको थियो । शुक्रबार बिहान सम्म बर्षा रोकिए पुनः महोत्सवलाई सञ्चालन गर्ने गरी थप जनशक्ति खटाएर मर्मतको काम समेत गरिने आयोजक मुल समितिका संयोजक समरबहादुर खत्रीले बताएका छन् । आधुनिक युवा सञ्जाल, वन वे फिल्मस् प्रालिको सहकार्यमा सञ्चालित महोत्सव यही फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।

Womui
Womui