कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद, एक जना पक्राउ

30

छिनछिन खबर
काठमाडौं,फागुन २ । कञ्चनपुरको पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ ।

पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले जानकारी दिए ।प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले बताएका छन् ।

Womui
Womui