चितुवाको छालासहित नेपालगन्जमा रोल्पाका दुई ब्यक्ति पक्राउ

89

नेपालगन्ज, फागुन १-
नेपालगन्जमा चितुवाको छालासहित रोल्पाका दुई ब्यक्ति पक्राउ परेका छन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहले विशेष सुराकीको आधारमा रोल्पास्थित लिवाङ नगरपालिका वडा नम्बर १ निवासी ४४ बर्षिय चन्द्रबहादुर घर्ती र सुनिल स्मृति गाउँपालिका वडा नम्बर २ बस्ने ४० बर्षिय आईती विष्टलाई नेपालगन्जको बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो ।

बसपार्क स्थित शर्मा गण्डकी होटलको अगाडीबाट चितुवाको २ मिटर लामो छालासहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका छन् । पक्राउ परेका अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको बताइएको छ ।

Womui
Womui