प्रादेशिक महोत्सवलाई सहयोग गर्ने राजनीतिक दल र कर्मचारीको प्रतिवद्धता

125

नेपालगन्ज, फागुन १-
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ गतेदेखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना गरिने प्रादेशिक महोत्सव २०७५ लाई सफल बनाउन बाँकेका राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसंग बुधवार छुट्टा छुट्टै छलफल भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यको अध्यक्षतामा छलफल भएको हो ।

छलफलका क्रममा राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखलाई अध्यक्ष बैश्यले महोत्सव आयोजनाको औचित्य र तयारीका बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा राजनीतिक दल र सरकारी निकायका प्रमुखले संघले आयोजना गर्ने महोत्सवलाई आफुहरुले महत्वका साथ हेर्ने गरेको भन्दै सहयोगको प्रतिवद्धता जनाए । सो क्रममा संघका अध्यक्ष बैश्यले राजनीतिक दल र सरकारी निकायका प्रमुखहरुबाट महोत्सव सफल पार्न सहयोगी भुमिका खेल्ने प्रतिवद्धता पाएको बताए । घरेलु तथा साना उद्योग जस्ता कार्यालयले महोत्सवमा स्टल राख्ने भएका छन् ।

छलफलमा नेकपाका नेता अशोक कोइराला, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल लगायतको सहभागिता थियो । यस्तै सरकारी कार्यालयका तर्फबाट वाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटनरी अस्पताल लगायतका कार्यालय प्रमुखहरुको सहभागी भएका थिए । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ सहित संघका अध्यक्ष बैश्य, प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, सदस्यहरु अभय बस्नेत, सलाउद्धिन जसगढ लगायतको सहभागिता थियो ।

Womui
Womui