इरानमाथि नेपालको सानदार जित, सावित्राको २ गोल

78

छिनछिन खबर
काठमाडौं– नेपाली महिला टोली भारतमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा इरानलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले १ गोल गरेर नेपाललाई जित दिलाए ।


प्रतियोगितामा ३ खेलबाट २ जित र १ हारसँगै ६ अंक जोड्दै नेपाल उपविजेताका रूपमा फाइनल पुगेको हो । पूरै जित निकालेको म्यानमार समूह विजेताको रूपमा फाइनलमा प्रवेश ग‍रेको छ । अब म्यानमार र नेपालबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एक जित निकालेको घरेलु टोली भारत र तीनै खेलमा पराजय बेहोरेको इरान प्रतियोगिताट बाहिरिएका छन् । यसअघि नेपालले भारतलाई हराएको थियो ।

प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोलीकी भरपर्दी फरवार्ड सावित्रा भण्डारी सर्वाधिक गोल गर्ने खेलाडी भएकी छन् । भारतविरूद्ध दुई गोल गरेकी उनले समूह चरणको अन्तिम खेलमा इरानमाथि पनि २ गोल गरिन् । बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा दुई गोल गरेको थियो । नेपालका लागि अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएकी थिइन् ।

Womui
Womui