खजुरा गाउँपालिकाको गाउँसभा पटक–पटक स्थगित

83

नेपालगन्ज, फागुन १-
बाँकेस्थित खजुरा गाउँपालिकाको चौथो गाउँ सभा बुधवार पनि स्थगित भएको छ । बुधबार सम्पन्न हुन नसकेको सभा आगामी ८ गते बिहान ११ बजेका लागि पुनः बोलाइएको छ । गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा विवाद हुँदा गाउँसभा स्थगित भएको हो । यसअघि माघ १५ गते सुरु भएको गाउँसभा फागुन १ गतेका लागि बोलाइएको थियो ।

गाउँपालिकाको केन्द्र तोक्ने विषयमा सहमती नजुट्दा सभा स्थगित भएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । सभाले केही महत्वपुर्ण एजेण्डा भने पारित गरेको छ । गाउँपालिकालाई चैत्र मसान्तभित्र पुर्ण साक्षर घोषणा गर्न सभाले पारित गरेको उनले बताए ।

Womui
Womui