जब सांसद यादवले रोष्टममा बोल्दै प्रधानमन्त्रीका लागि ललिपप निकाले…

108

छिनछिन खबर
काठमाडौं,माघ २९ । संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संसदको रोष्टममा बोल्दै गर्दा खल्तीबाट ‘ललिपप’ निकालेर देखाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमाथि भएको छलफलका क्रममा सांसद यादवले ललिपप देखाएका हुन् ।

उनले संघीयता कार्यान्वयन नगर्नका लागि उक्त विधेयक ल्याएको भन्दै प्रधानमन्त्रीले मूख्यमन्त्रीहरुको कुरा नसुनेको गुनासो गरे । उनले भने– ‘मलाई अचम्म लाग्छ, आफुले जन्माएको बच्चालाई यही सरकारले मार्ने काम गरिरहेको छ । यो देशमा संघीयता आयो के को लागि आयो ? के संघीयतालाई खत्तम गर्न आयो ? यो जुन खेल भइरहेको छ, यो खेललाई समाप्त गर्नुपर्छ ।’उनले प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई बोलाएर ललिपप दिने गरेको भन्दै प्रदेश नम्बर २ का मुख्यमन्त्रीले प्रधानमन्त्रीको ललिपप खाने हामी बच्चा हैनौ भन्दै प्रधानमन्त्रीले दिएको ललिपप फिर्ता गर्न पठाएको बताउँदै ललिपप निकालेर देखाए ।उनले मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई पठाएको ललिपप सभामुखमार्फत दिने र त्यो ललिपप आफै खान आग्रह गरे ।

Womui
Womui