मेरो पहिलो प्रधानमन्त्रीको कार्यकाल झिलिमिलीमै बित्याः प्रचण्ड

71

छिनछिन खबर
काठमाडौं,माघ २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु पहिलो पटक सरकारमा गएका बेला कुनै चमत्कार गर्न नसकेको बताएका छन् । मङ्गलबार काठमाडौमा सरल सहयात्रीद्वारा लिखित शिखरको ढुङ्गा नामक पुस्तक सार्वजनिककरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘पहिलो चोटी सरकारमा गएर मैले कुनै चमत्कार गर्न सकिन, गर्ने कुरा पनि थिएन । यथार्थतामा त वस्तुगत र आत्मगत स्थितिको मिलनअनुसार विवेकले निर्णय लिने कुराहरु हुन् । अनुभव नै नभएको क्षेत्रमा उत्पात गर्ने कुरा सम्भव थिएन’ अध्यक्ष प्रचण्डको भनाई थियो ।उनले आफ्नो पहिलो पटकको नौ महिने प्रधानमन्त्री बन्दाको कार्यकाल झिलिमिलिमै वितेको पनि बताए । उनले भने, ‘मैले भन्ने गरेको छु मेरो पहिलोपटकको प्रधानमन्त्रीको काल झिलिमिलीमै गयो । झिलिमिली हुँदाहुदै नौ महिना वित्यो छोडेर हिँड्नुपर्यो ।’तर प्रचण्डले आफ्नो दोस्रो कार्यकाल भने केही परिस्कृत भएको सुनाए ।

‘दोस्रो पटकको नौ दश महिनाचाहीँ मेरा लागि झिलिमिली भएन । अलि सचेत, योजनाबद्ध, राष्ट्रको भएको परिवर्तनलाई संस्थागत गर्नका लागि महत्वपूर्ण अवधिका रुपमा रह्यो’ प्रचण्डको आफ्नै मुल्याङकन थियो ।सम्बोधनका क्रममा प्रचण्डले समाजवादी क्रान्तिका लागि आर्थिक सम्बृद्धि आवश्यक रहेको भन्दै नेपालले विश्वलाई समाजवादको नयाँ मोडल देखाउन सक्नुपर्ने बताए । उनले अबको दशक समाजवादको आधार निर्माण गर्ने र फेरि अर्को शिखर चुम्ने भन्दै ३ करोड नेपाली रहेको नेपाल ३ अर्ब मानिसका लागि केन्द्र बन्ने बताए ।

Womui
Womui