कसरी भागे कारागारबाट ६ बन्दी ?

68

छिनछिन खबर
बुटवल–रूपन्देहीको भैरहवास्थित बाल सुधार गृह (बाल कारागार) बाट ६ बन्दी फरार भएका छन् । उनीहरु सोमबार राति भागेका हुन् । गेट र भित्तामा लगाइएको काँडेतार च्यातेर उनीहरु भागेको भनिएको छ । तर, कतिपय भने उनीहरुलाई भगाइएको दावी गछ्र्रन् । प्वालबाट भागेर उनीहरु फरार भएका हुन्।

फरार हुनेमा चारजना चोरी र दुई जबरजस्ती करणीका बन्दी रहेको सुधार गृहकी प्रमुख सुभद्रा गौतमले जानकारी दिइन् । उनले सुत्ने कोठाको झ्याल फोडेर भान्सा कोठा हँुदै फरार भएको बताइन् । गृहमा विभिन्न मुद्दाका ७२ बन्दी छन् । फरार हुनेमा जबरजस्ती करणी मुद्दाका जीवन खत्री, र सुरेश घर्ती छन् ।

त्यस्तै चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका सन्दीप रणपाल, अनिश थापा, नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राजेश सुनार रहेको बाल सुधार गृहले जनाएको छ ।

Womui
Womui