दिल्लीको होटलमा आगलागी, १७ जनाको मृत्यु

132

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीको एक होटलमा आगलागी भएको छ । आगलागीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दिल्लीको कारोलबाख क्षेत्रमा रहेको अरपित प्यालेस होटलमा आगलागी भएको हो । घटनामा ३४ जनाको उद्धार गरिएको प्रहरी अधिकारीले जनाएका छन् । आगलागीबाट ज्यान गुमाउनेमा एक जना बालक समेत रहेको बताइएको छ । आगलागीका समयमा त्यहाँ म्यान्मारका पर्यटक पनि रहेकाले मारिनेमा उनीहरु पनि परेको हुनसक्ने सञ्चारमाध्यमले जनाएका छन् ।


अधिकांश धुवाँले सास फेर्न समस्या परेकाले निस्सासिएर मारिएको जनाइएको छ । यद्यपि एकजना महिला र बालक भने आगलागीबाट बच्न होटलको पाचौँ तल्लाबाट हामफाल्दा उनीहरुको ज्यान गएको बताइएको छ । मंगलबार सबेरै अधिकांश पाहुनाहरु सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको हो ।

Womui
Womui