११ सय कर्मचारीमाथि अनुशासनको कारवाही

91

छिनछिन खबर
काठमाडौं–  राष्ट्रिय सतर्कता केन्द्रले ११ सय १६ निजामति कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले सिंहदरवारदेखि स्थानीय तहमा कार्यरत ती कर्मचारीलाई अनुसाशनको कारवाही गर्न सम्बन्धीत निकाय र विभागमा सिफारिस गरेको हो ।

केही महिनादेखि सतर्कता केन्द्रले सरकारी कर्मचारी र कार्यालयको अनुमगन गरिरहेको छ । अनुगमनका क्रममा समयमा कार्यालय नजाने, सेवाग्राहीले भनेको काम समयमा नगर्ने, पोषाक नलगाउने कर्मचारीलाई कारवाहीको सिफारिस गरेको जनाएको छ ।

केन्द्रका अनुसार सरकारी नियमको उलंघन गर्नेमा सवैभन्दा बढी सिंहदरवारका कर्मचारी छन् । उनीहरु न समयमा कार्यालय आउँछन् न सेवाग्राहीसन्तुष्टी हुने गरी काम गर्छन् । कारबाहीको सिफारिसमा परेकामा सिंहदरवारभित्र कार्यरत ६ सय कर्मचारी छन् ।

Womui
Womui