महासचिव भएपछि प्रियंका पहिलो सार्वजनिक कार्यक्रममा

37

एजेन्सी
नयाँ दिल्ली–भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी छन् । उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेवारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त भएकी गान्धी सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक र्यालीमा सहभागी भएकी हुन् ।

बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि उल्लेख्य नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले र्याली अवधिभरी नाच्ने, गाउने, नारा लगाउने आदि गरेका थिए । कार्यक्रममा उनका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित थुप्रै शीर्ष नेताहरुपनि सहभागी भएका थिए । लखनउ उच्च अदालतदेखि काँग्रेस प्रदेश मुख्यालयसम्म सवारी साधनको छतबाट गान्धीले झण्डै पाँच घण्टा लगातार हात उठाएर बाटो बरीपरी उपस्थित शुभचिन्तकलाई अभिवादन गरेकी थिइन् ।

उज्यालो रङको कुर्ता र चुरिदार लगाएर कार्यक्रममा सहभागी भएकी ४७ बर्षीया गान्धीलाई उनका श्रीमान्ले पनि ‘नयाँ यात्रा’का लागि शुभकामना व्यक्त गरेका छन् । श्रीमान रोबर्ट भद्राले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उत्तर प्रदेशमा काम गर्ने र देशभरका भारतीय नागरिकको सेवा गर्ने मेरी श्रीमतीको नयाँ यात्राका लागि हार्दिक शुभकामना छ, प्रियंका मेरोलागि सवै भन्दा प्यारो साथी तथा अत्यन्त असल श्रीमती र जिम्मेबार आमा पनि हो ।’ ‘

Womui
Womui