बीपी उद्यानको नाम नहटाउन कांग्रेसको चेतावनी

138

छिनछिन खबर
काठमाडौं– नेपाली कांग्रेसले वीरगञ्जमा आफ्ना नेताको नाममा बन्न लागेको उद्यानमा सहिद स्मृति पार्क बनाउन लागेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै विपी कोइरालाको नाममा बन्न लागेको उद्यानमा प्रदेश दुई सरकारले अन्य प्रयोजनका लागि उदघाट्न गरेको भन्दै आपत्ति जनाए ।

वीरगञ्जमा विपी कोइरालाको नाममा १० विघा जग्गामा विपी उद्यान बनाउन भन्दै ५९ सालको स्थानीय सरकारले तयारी गरेको थियो । तर, अहिले प्रदेश २ का मुख्य मन्त्रीले उक्त उद्यानको नाम हटाउँदै त्यहाँ अर्कै नाममा उद्यानको उद्घाटन गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । कांग्रेसले यथाशिघ्र विपी उद्यान बनाउन सरकारसँग माग गरेको छ ।

Womui
Womui