कश्मीरमा ५ लडाकु मारिए

39

एजेन्सी– भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बलको कारबाहीमा ५ लडाकु मारिएका छन् । भारत प्रशासित कश्मीरको कुलगाम क्षेत्रमा सरकारी सुरक्षा बल र कश्मीरी लडाकुबीच भएको भीडन्तमा ५ लडाकु मारिएका हुन् ।

लडाकु लुकेर बसेको सूचनाका आधारमा भारतीय प्रहरी, राष्ट्रिय राइफलको एकाई र विशेष फौजले त्यस क्षेत्रमा संयुक्त कारबाही गरेको थियो । आइतबार बिहान ६ बजेबाट शुरु भएको कारबाही मध्याह्न १२ बजेसम्म चलेको थियो । कारबाहीका क्रममा ५ जना स्थानीय लडाकु मारिएको र उनीहरुको साथबाट भारी मात्रामा हतियार र अन्य सैनिक सामग्री बरामद गरिएको भारतीय अधिकारीले जनाएका छन् । भारतीय सैनिक कारबाहीपछि त्यहाँ विशाल भारत विरोधी प्रदर्शन भएको जनाइएको छ । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएको जनाइएको छ ।

Womui
Womui