नेकपा अध्यक्षद्वयको प्रतिवेदनमा बामदेवको फरक मत

40

छिनछिन खबर
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनको बामदेव गौतमले फरक मत राखेका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था र सरकार सञ्चालनबारे आफ्नो धारणा राखेका थिए । त्यस्तै अर्का अध्यक्ष दाहालले दुबै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।


अध्यक्षद्वयलाई टक्कर दिँदै नेता गौतमले स्थायी कमिटीमा आफ्नो छुट्टै प्रतिवेदन पेश गरेका छन् । अध्यक्षको प्रतिवेदनपछि गौतमले व्यक्तिगत रुपमा आफ्नो प्रतिवेदन पेश गरेका हुन् । गौतमले लिखितरुपमा सुझावसहित फरक मत राखेका छन् । गौतमको प्रस्तावमा पार्टीलाई विधि अनुसार चलाउनुपर्नेदेखि सरकारको कामको समीक्षासम्म समेटिएको छ । ८ बुँदे राजनीतिक प्रतिवेदन र नेता गौतमको फरक मतसहितको सुझाव अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिएको छ ।

सरकार र पार्टी संचालन, पार्टी एकीकरणको अवस्था, आगामी राजनीतिक कार्यभार लगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरेर सोमबार बस्ने बैठकमा छलफल हुने बताइएको छ ।

Womui
Womui