नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना, कम्तीमा १६ को मृत्यु

38

छिनछिन खबर
काठमाडौं– नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ को घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ४० जना भन्दा यात्रु बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेका अहिलेसम्म १६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मिनीट्रक दुर्घटना हुँदा अध्ँयारो भइसकेकाले उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारको लागि नुवाकोटका सबै एम्बुलेन्सलाई घटनास्थलमा पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Womui
Womui