फ्रेन्ड्सको पोस्टमा पुलिसको ५ गोल, पुलिसका ५ फरक खेलाडीले गरे गोल

170

छिनछिन खबर
काठमाडौं,मङ्सिर २८ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे। उनले खेलको तेस्रो मिनेटमा नै रवि पासवान पासलाई सदुपयोग गर्दै गोल गरे। त्यस्तै खेलको पहिलो हाफको २०औँ मिनेटमा अर्का खेलाडी रवि पासवानले एक गोल थप्दै पुलिसको अग्रता दोब्बर बनाए। उनले हेम तामाङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

खेलको पहिलो हाफसम्म २–० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो। खेलको ५९ मिनेटमा कप्तान भरत शाहले गोल गर्दै पुलिसको अग्रता तेब्बर बनाए। उनले रवि पासवानको पासमा गोल गरेका थिए।त्यसैगरी खेलको ६३ मिनेटमा पुलिसका तेज तामाङले गोल गरे भने खेलको ८ मिनेटमा नीरकुमार राईले एक गोल थपेपछि पुलिसले फ्रेण्डसमाथि ५–० को सहज जित हात पार्यो। जितसँगै आठ खेल खेलेको पुलिसले १४ अङ्क जोडेको छ भने समान खेल खेलेको फ्रेन्डसको पाँच अङ्क छ। पुलिस अंक तालिकाको पाँचौ र फ्रेन्ड्स एघारौं स्थानमा छ।

Womui
Womui