घ्याङफेदी मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

34

छिनछिन खबर
काठमाडौं– नुवाकोटको घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले बताए ।


‘अस्पतालमा उपचारको लागि लैजादै गर्दा बाटैमा मृत्यु भएकालाई पनि दुर्घटनास्थलमा नै ल्याएका छौँ । रातको समयमा दुर्घटना भएकाले रातभरी खोजीकार्य जारी राख्यौं’, उनले भने, घटनास्थल भिर रहेको र खोजी कार्य अझै जारी छ भने मृतकको सनाखत अझै हुन सकेको छैन ।

बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएर घाइते भएकाहरु १५ जनालाई उपचारका लागि टिचिङ अस्पताल काठमाडौं ल्याइएको छ । गाउँकै एक जनाको मृत्यु भए पश्चातको संस्कारमा सहभागी भएर फर्कने क्रममा मिनिट्रक दुर्घटना भएको थियो । दुर्घटना ग्रस्त भएको मिनिट्रक सडकबाट करिब ५ सय मिटर तल रहेको तादी खोलामा पुगेको छ ।

Womui
Womui