रेमिट्यान्सः दक्षिण एसियामा नेपाल चौथो

54

छिनछिन खबर
काठमाडौं,मङ्सिर २८ । दक्षिण एसियाका सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देशको सूचीमा नेपाल चौथो स्थानमा परेको छ। विश्व बैंकले सार्वजनिक गरेको ’माइग्रेन एन्ड डेभलपमेन्ट ब्रिफ२०१८’ अनुसार दक्षिण एसियाली राष्ट्रमा बढी रेमिट्यान्स भित्र्याउनेमध्ये नेपाल चौथो स्थानमा परेको हो।]

उक्त प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त हुने रेमिट्यान्स बढ्दै गएको उल्लेख गरिएको छ।दक्षिण एसियामा मात्र नभएर भारत संसारकै बढी रेमिट्यान्स भित्र्याउने मूलुकको शीर्ष स्थानमा परेको छ। सन् २०१८ मा भारतले ७९ अर्ब ५ करोड अमेरिकी डलर रेमिटेन्स भित्र्याएको उक्त प्रतिवेदनमा उल्लेख छ। यसपछि क्रमशः चीन, मेक्सिको, फिलिपिन्स र इजिप्टले भारतलाई पछ्याएका छन्।दक्षिण एसियाली मुलुकमध्ये दोस्रो र तेस्रो स्थानमा क्रमशः पाकिस्तान र बंगलादेश परेका छन्। यस वर्ष पाकिस्तानले २० अर्ब ९ करोड अमेरिकी डलर र बंगलादेशले १५ अर्ब ९ करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको प्रतिवेदनमा उल्लेख छ।

चौथो स्थानको नेपालले भने ७ खर्ब ६० अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो।नेपालपछि पाँचौ स्थानमा श्रीलंका रहेको छ। श्रीलंकाले यस वर्ष ७ अर्ब ६ करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ।न्युन आय भएका नेपालजस्ता मुलुकमा रेमिट्यान्स बढ्दै जानु सन्तोषजनक भएको बैंकको प्रतिवदेनमा उल्लेख छ। मध्य(एसिया र युरोपमा रेमिट्यान्स २० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ भने दक्षिण एशियामा १४ प्रतिशतले बढेको जनाइएको छ।रेमिट्यान्स निर्भर देशमध्ये नेपाल पनि एक हो। रेमिट्यान्समा निर्भर मुलुकमध्ये दक्षिण एसियामा नेपाल पहिलो स्थानमा परेको छ। नेपालको जीडिपीमा रेमिट्यान्सको योगदान ३०.१ प्रतिशत रहेको छ।

३४ प्रतिशतले बढ्यो रेमिट्यान्सः राष्ट्र बैंक
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालको रेमिट्यान्स ३४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकको तथ्यांक अनुसार साउन, भदौ, र असोज महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख छ।अघिल्लो वर्षको साउन, भदौ, असोजमाभन्दा यस वर्ष ३४ प्रतिशत रेमिट्यान्स बढेको हो। अघिल्लो वर्ष २ दशमलव ६ प्रतिशतले मात्रै बढेको रेमिट्यान्स यो वर्ष उच्च देखिएको हो।नेपालमा मलेसिया, कतार, दुबई, भारत, दक्षिण कोरिया, जापान लगायतका विभिन्न देशमा वैदेशिक रोजगारका लागि गएका नेपालीबाट धरै रेमिट्यान्स भित्रिने गरेको राष्ट्र बैंकले जनाएको छ। नेपाली समाजमा प्रचलित हुन्डी प्रयोग निरुत्साहित हुँदै गएपछि रेमिट्यान्स वृद्धि उच्च हुन पुगेको राष्ट्र बैंकको उक्त प्रतिवेदनमा उल्लेख छ।

रेमिट्यान्ससँगै खुद ट्रान्सफर आयमा समेत बढोत्तरी भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा खुद ट्रान्सफर आय ३३ दशमलव ४ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।यो गत वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ३ प्रतिशत बढी हो। यसै वर्षको तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ३६ दशमलव ७ प्रतिशतले घटेको छ।मलेसिया कामदार पठाउन रोक लगाएसँगै विदेश जाने कामदारको संख्या समेत घटेको प्रतिवेदनमा उल्लेख छ। वैदेशिक रोजगारमा जाने कामदार संख्या घटेपनि रेमिट्यान्स भने उल्लेख्य वृद्धि रहेको छ।

Womui
Womui