कर्मचारी समायोजनः २१ दिनभित्र कार्यक्षेत्र नपुग्नेलाई अवकाससम्मको कारबाही

31

छिनछिन खबर
काठमाडौं– सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था गरेको छ । जसका लागि अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । अध्यादेशमार्फतबाट सरकारले कर्मचारीलाई कस्न खोजेको देखिन्छ ।


पुस मसान्तसम्म सम्पन्न गर्नेगरी समायोजनमा बाध्यकारी व्यवस्थासमेत गरिएको छ । अबको १५ दिनभित्र कर्मचारीले आफू समायोजन हुन चाहेको सेवा, पद लगायतका तहगत विवरण खुलाई त्यसको विवरण सम्बन्धित निकायमा बुझाउनुपर्नेछ ।

सो बमोजिम समायोजनको प्रक्रिया टुंगिएको अवस्थामा २१ दिनभित्र कार्यक्षेत्रमा पुग्नुपर्ने बाध्यकारी व्यवस्था अध्यादेशमा उल्लेख छ । ‘बाटोको म्यादबाहेक २१ दिनभित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवाको पदमा अनिवार्य हाजिर हुनुपर्नेछ,’ अध्यादेशमा भनिएको छ । तर, प्रसुति बिदा वा प्रसुति स्याहार र किरिया बिदामा बसेको कर्मचारीले त्यस्तो बिदा समाप्त भएको, निलम्बनमा रहेको कर्मचारी, असाधारण वा अध्ययन बिदामा बसेको र बिरामी परी अस्पताल भर्ना भएको कर्मचारीको हकमा भने त्यस्तो समयावधी ३५ दिन कायम गरिएको छ । उक्त अवधिभित्र हाजिर नहुने कर्मचारीलाई सेवाबाट अवकाससमेत दिने कडा व्यवस्था अध्यादेशमा गरिएको छ ।

Womui
Womui