निलसागरलाई निर्माण व्यवसायीको सहयोग

123

छिनछिन खबर
नेपालगन्ज, मंसिर २७
नेपालगन्जमा सञ्चालित निलसागर असहाय तथा ज्येष्ठ नागरिक स्याहार केन्द्रलाई निर्माण व्यवसायी संघ बाँकेले न्याना लत्ताकपडा र खाद्य पदार्थ सहयोग गरेको छ । बाँके निर्माण व्यवसायी संघका अध्यक्ष टेकबहादुर खड्काले चिसो मौसममा ज्येष्ठ नागरिकको बसोबास सहज होस् भनेर सहयोग गरिएको बताए ।


केही दिनयता बढेको चिसोले ज्येष्ठ नागरिक समस्यामा परेका छन् । संघले करिब ४० हजार रुपैयाँ बराबरको न्यानो लत्ताकपडा तथा खाद्य पदार्थ सहयोग गरेको छ ।

Womui
Womui