बाँकेलाई कर्णाली प्रदेशमा गाभ्न मेयर राणाले नेतृत्व गर्ने

39

छिनछिन खबर
नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न नेतृत्व गर्ने घोषणा गरेका छन् ।
शेयरकाष्ट इनिसियटिभलेआयोजना गरेको कार्यक्रममा प्रमुख राणाले आगामी बर्षायामपछि बाँकेलाई कर्णाली प्रदेशमा गाभ्नका लागि आपूmले आन्दोलनको नेतृत्व लिने बताए ।


‘असारसम्म मलाई कामसाम गर्न दिनुस्, बाटोघाटो बनाउन प्रदेशले अवरोध पार्ला वर्षातपछि हामी ६ नम्बर (कर्णाली) जानेमा आन्दोलन गर्छौं’, उनले भने ।
जिल्लालाई ५ नम्बर प्रदेशमा गाभिँदा उनले राष्ट्रिय सञ्जालबाट टाढिएको महसुस भएको बताए । ‘कोहीले बोल्न सकिरहेका छैनन् तर ५ नम्बरमा सबै खुसी छैनौं,’ उनले भने ।
शाहीकालमा क्षेत्रीय कार्यालय नसार्ने आन्दोलनको नेतृत्व आपूmले गरेको दाबी गर्दै उनले तत्कालीन सात दलका कारण आन्दोलन तुहिएको स्मरण गरे ।

Womui
Womui