जन्ती बोकेको स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु

41

नेपालगन्ज – जन्ती बोकेको स्कारपियो जीप र बस दाङको रिहारमा एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भिर घाइते भएका छन् । चितवनबाट जन्ती लिएर बाकेको शमशेरगन्ज आउँदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको बा ५ ख ४०९० नम्बरको बस रिहारमा बिहीबार एकआपसमा जुधेका हुन ।

दुर्घटनामा परी स्करपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु सबै बाँकेको राप्ती सोनारी गाउँपालिकाका हुन् । स्कारपियोमा सवार ४५ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षका प्रवीन केसी, ५३ वर्षीय मानवहदुर केसी, ३१ वर्षीय दिपकुमार खड्का, ४५ वर्षीया बिमला खत्री र ५९ वर्षीय दत्तवहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुलही लिएर फर्किने क्रममा दुलाहाका आफन्त चढेको जीप दुर्घटना भएको हो ।

Womui
Womui