बिहेको अघिल्लो दिन डा. स्निग्धाले गरिन् आत्महत्या

56

एजेन्सी– बिहारको पटना संग्राहलयको अगाडि रहेको १४ तले उदयगिरी अपार्टमेन्ट पटनाको सबैभन्दा अग्ला भवन मध्ये एक हो । आइतबार बिहान ८ बजेतिर यो भवनको मुल गेटको बायाँ तर्फको माथिल्लो कोठाबाट ठूलो आवाज आयो । अपार्टमेन्टका गार्ड मिथिलेश कुमार माथि गएर हेर्दा त्यहाँ एक युवतीको शव थियो । ती युवतीको हातमा मेहन्दी लगाइएको थियो र मेहन्दीको रंग गाढा थियो । यो शव डा. स्निग्धाको थियो, जसको विवाह सोमबार आइएएस अधिकारी महेन्द्र कुमारसँग हुँदैथियो । महेन्द्र अहिले बिहारको किशनगंज जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् ।


डा. स्निग्धा अवकास प्राप्त आइपिएस अधिकारी उमाशंकर सुधांशुकी कान्छी छोरी हुन् । उनले कोलकाताको एक मेडिकल कलेजमा मास्टर अफ सर्जरी अध्ययन गर्दै थिइन् । घटनाको अघिल्लो दिन अर्थात शनिबार (डिसेम्बर ८) पटनामा विवाहको रीति अन्तर्गत ‘तिलक’ समारोह भएको थियो । तर विवाहको एक दिन पहिले स्निग्धाले आत्महत्या गरिन् । यो घटनाले स्निग्धा र महेन्द्रको घरमा खुशीको माहोल शोकमा परिणत भयो । दुवै परिवारले विवाहको तयारी रोके र अन्तिम संस्कारमा जुटे ।

सरकारी अधिकारीको परिवारसँग जोडिएको घटना भएकाले लगत्तै जिल्ला अधिकारी तथा एसएसपीसहितका अधिकारी घटनास्थल पुगे । पटना पुलिसका अनुसार स्निग्धाले अपार्टमेन्टको १४ औँ तलबाट हामफालेर आत्महत्या गरेकी हुन् । प्रहरीले अस्वभाविक मृत्यु सम्बन्धी उजुरी दर्ता गरेर अनुसन्धानमा जुटेको छ । पटना प्रहरीका अनुसार यो आत्महत्या नै भए पनि त्यसको कारणबारे अनुसन्धान भइरहेको छ । अपार्टमेन्टका केयर टेकर तथा स्निग्धाका ड्राइभरसँग सोधपुछ भइरहेको तथा फोनको कल रेकर्डको जाँच चलिरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले १४ औँ तलमा स्निग्धाको मोबाइल, एक जोर चप्पल, कुर्ची, चस्मा र कुर्चीमा राखिएको अवस्थामा स्टुल राखिएको अवस्थामा भेट्टिएको छ । स्निग्धाले स्टूल आफूसँग लिएर १४ औँ तलमा पुगेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

Womui
Womui