इन्डोनेसियामा नेपाली फुटबलर रोहित चन्द बने सर्वोत्कृृष्ठ

84

छिनछिन खबर
काठमाडौं– ८० हजार दर्शक सहभागी भएको मैदानमा सम्पन्न ‘इन्डोनेसिया लिग’ मा नेपाली फुटबलर रोहित चन्द उत्कृष्ठ बनेका छन् । उत्कृष्ट खेलाडी छानिएपछि चन्दले इन्डोनेसियामा खेल जीवनकै उत्कृष्ट खेलेको समेत बताए । ‘मैले जीवनमा धेरै खेल खेँले तर विदेशी खेलाडी भरिएको इन्डोनेसिया लिगमा उत्कृष्ट खेलाडी बन्ने मौका पाएँ’, उनले भने, ‘यो मेरो जीवनकै सफलता र उत्कृष्ट खेल हो ।’ उनले केही समयदेखि विदेशी क्लवहरुमा खेल्दै आएका छन् ।

ब्राजिलियन खेलाडी भरिएको इन्डोनेसिया लिगमा उनी उत्कृष्ट खेलाडी बनेपछि झन् उत्साह थपिएको बताए । । अन्तराष्टिय जगतमा ख्याति कमाएका खेलाडीलाई पछि पार्दै उत्कृष्ट खेलाडी बनेपछि आफु निकै खुसी भएको भनाइ छ । इन्डोनेसिया लिगमा उनले १० लाख पुरस्कार पनि पाएका छन् । आफुलाई दिइएको जिम्मेवारी कुसलतापूर्वक निभाएको उनले बताए । ‘विदेशी खेलाडी र प्रशिक्षकहरुले भरिएको लिगमा म खरोरुपमा उत्रिएँ, जसले मलाई सफलता दिलायो’, उनले भने ।

Womui
Womui