आमाले आत्महत्या गरिन्, चार बालबालिकाको बिचल्ली

44

छिनछिन खबर
म्याग्दी– विद्यालयबाट घर आउँदा, बेनी नगरपालिका वडा नम्बर २ की १० वर्षीया सुस्मिता किसानले कल्पनै नगरेको दृश्य देखिन् । उनकी आमा मैया साँघुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएकी थिइन् । सपना हो कि विपना छुट्याउनै गाह्रो भयो सुस्मितालाई । तर यो यथार्थ थियो । चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले मैया किसानले घरमा कोही नभएको २०७४ चैत १ गते यसरी आत्महत्या गरेकी थिइन् । खाटको छेउमा डेढ वर्षका छोरालाई साक्षी गरेर उनले आफूलाई पासो लगाएकी थिइन् ।


आमाले सधैंका लागि छोडेर गएपछि तथा वैदेशिक रोजगारीमा रहेका बुबासमेत नियमित सम्पर्कमा नआउँदा १४ वर्षीया अस्मिता, ११ वर्षीया सुस्मिता, ४ वर्षीया अमृता र २ वर्षका अमृतको बिचल्ली भएको छ । जन्मदिने आमाले सधैंका लागि छोडेर गएपछि तथा वैदेशिक रोजगारीमा रहेका बुबासमेत नियमित सम्पर्कमा नआउँदा अहिले उनीहरूका स–साना चार छोराछोरीको बिचल्ली भएको छ। अभिभावकविहीन भएका १४ वर्षीया अस्मिता, ११ वर्षीया सुस्मिता, ४ वर्षीया अमृता र २ वर्षका अमृत अहिले मामा घरमा आश्रय लिएर बसिरहेका छन् । बेनी बजारनजिक रहेको हाँडेभीरमा एउटै साँघुरो कोठामा चिसो भुइँमै सुत्ने गरिएको सुस्मिताकी हजुरआमा पुतलीले बताइन्। ‘छोरीले आत्महत्या गरेपछि नातिनातिनीको बिचल्ली भएको छ,’ आँखाभरि आँशु पार्दै उनले भनिन्, ‘बिहान एक छाक खाएर बेलुका भोकै सुत्छौं ।’

रोजगारीका लागि खाडी मुलुक गएका ज्वाइँको कमाइले ऋण तिर्नसमेत मुस्किल भएकाले जाडोमा लगाउने न्यानो लुगासमेत जुटाउन नसकिएको पुलतीले दुखेसो गरिन् । वृद्ध भइसकेका भाइ गोरे किसानले दैनिक ज्यालामजदुरी गरी कमाएको आम्दानीले चामल किन्ने गरिएको तर कमाइ नभएको दिन भोकै सुत्नुपर्ने उनले बताइन् । ‘एउटी नातिनीले पेट्रोल पम्पमा काम गर्छिन्, विद्यालय पठाउन पनि सकिनँ, अरू घरमै बस्छन्,’ उनले सुनाइन् । नजिकै रहेको विद्यालय छ। तर कापी, किताब तथा पोसाक किन्न एक पैसा पनि नभएकाले पढ्न पठाउन नसकिएको उनले गुनासो गरिन् ।

‘विदेशिएका ज्वाइँले पैसा पठाउँदैनन्,’ दसैं–तिहारमा पनि फोन आएन, छोराछोरी रुँदै बसे,’ पुतली सुनाउँछिन् । दैनिकजसो भोकै सडकमा निस्किने ती बालबालिकालाई म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले खाजा दिने गरेका छन् । ‘बिहानै आउँछन्, ग्यारेजमा आउने चालकले पैसा र खानेकुरा दिन्छन्,’ श्रेष्ठले सुनाए । यस्तो जाडोमा न्यानो लुगासमेत नलगाई आउने बालबालिकालाई सहयोग र संरक्षणको आवश्यकता रहेको उनले बताए ।
नागरिकबाट

Womui
Womui