रिजर्भ बैंक अफ इन्डियाका गभर्नर पटेलद्वारा राजीनामा

94

काठमाडौं, मंसिर २४ (एजेन्सी) । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर उरजित पटेलले पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण उल्लेख गर्दै पटेलले सोमबार राजीनामा दिएका हुन् ।
एक वर्षभन्दा बढी अवधिदेखि आरबीआईको गभर्नर रहेका पटेलले पछिल्लो समयदेखि बैंकलाई थप प्रभावकारी बनाउने प्रयासमा थिए ।

भारतीय मन्त्रिपरिषद सचिवको नेतृत्वमा रहेको फाइनान्सियल सेक्टर रेगुलेटरी एपोइन्टमेन्ट सर्च कमिटीका सिफारिसपछि सरकारले २०७३ भदौ पहिलो साता पटेललाई तीन वर्षका लागि गभर्नर नियुक्त गरेको थियो । गभर्नर नियुक्त हुनुअघि डेपुटी गभर्नर रहेका पटेल वरिष्ठ अर्थशास्त्री, परामर्शदाता तथा बैंकर हुन् । उनले सन् २०१३ देखि आरबीआईको मौद्रिक नीति विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए । ५४ वर्षीय पटेलले १९८६ मा अक्सफोर्ड विश्वविद्यालयबाट एमफिल र १९९० मा याल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए ।

Womui
Womui